त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरुले मंगलबार अनिश्चितकालीन तालाबन्दी गरेका छन्। घण्टाघरस्थित त्रिचन्द्रको क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा तालाबन्दी गरेका छन्। संयुक्त विद्यार्थी संगठनले एक विज्ञप्ती जारी गर्दै तालाबन्दी गरेका हुन ।
संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा विभिन्न अराजक संगठनहरुले स्वेच्छाले विभिन्न राजनीतिक बाहानामा आफ्नो दुनो सोझ्याइने तथा राष्ट्रिय सम्पदामा गलत उदेश्य बोकी आफ्नो निजी पेवा बनाउने उद्देश्यका साथ क्याम्पस प्रमुखको जिम्मेवार कार्यकक्ष भित्रै गुण्डागर्दी शैलीमा नेपालको नक्सामा संगठनको नाम र व्यक्तिको नाम अंकित गर्दै टाँसिएको बोर्ड र प्रवृत्तिप्रति कार्यको घोर भत्सर्ना गर्दछौ ।’



