भारतमा पछिल्लो २४ घन्टामा १ लाख ७२ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घन्टामा १ लाख ७२ हजार ४३३ संक्रमित थपिँदा २ लाख ५९ हजार १०७ जना संक्रमणमुक्त भएका छन्।

यो अवधिमा १००८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको मन्त्रालयले बिहीबार बिहान जानकारी दिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिले भारतमा १५ लाख ३३ हजार भन्दा धेरै सक्रिय संक्रमित छन्। ज्यान गुमाउनेको संख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ।