कैलाली जिल्लास्थित सीमा क्षेत्रमा रहेका ९ ओटा सीमास्तम्भ नदीले बगाएको छ । यस वर्ष कर्णाली र मोहना नदीले सीमाक्षेत्रमा रहेका २ मुख्य र ७ सहायक गरी ९ ओटा सीमास्तम्भहरु बगाएको छ । कैलाली जिल्लाले सुरक्षा गर्ने २ सय ८३ ओटा सीमा स्तम्भमध्ये ९ ओटा सीमा स्तम्भहरु नदीले बगाएको कैलालीका शसस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताउनुभयो ।

नेपाल–भारत सीमाक्षेत्रमा मुख्य र सहायक गरी २ सय ८३ ओटा सीमा स्तम्भमध्ये १ सय ८४ ओटा सीमास्तम्भ सुरक्षित रहेको उहाँले बताउनुभयो । सशस्त्र प्रहरी उपरीक्षक सिंहकाअनुसार २० ओटा सीमा स्तम्भ सामान्य मर्मत गर्नुपर्ने, ३ ओटा पुनर्निर्माण गर्नुपर्ने, ३२ ओटा स्तम्भ फेला नै नपरेको र ३५ ओटा सीमा स्तम्भहरु पानीमा डुबेको अबस्थामा रहेको उहाँको भनाई छ ।

नदीले बगाएका, मर्मत गर्नुपर्ने, र हराएका सीमा स्तम्भका सम्बन्धमा नेपाल–भारतको संयुक्त निर्णयकाआधारमा काम थालिने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय