अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोल्हवी नगरपालिका-११ का वडासचिव विनोदप्रसाद साहलाई घुससहित पक्राउ गरेको छ ।जग्गा नामसारी सिफारिस गर्दा सेवाग्राहीसँग तीन हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

सेवाग्राहीले दिएको सूचनाको आधारममा आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उक्त घुसबापतको रकमसहित साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय