पूर्वी नेपालको तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको सीमावर्ती क्षेत्र तिनजुरे मिल्के जलजले (टिएमजे)मा कोही सेल्फी लिँदै त कोही हिउँमा रमाइरहेको पाइन्छ । पर्दै गरेको हिउँमा सयौँ पर्यटकहरू खेल्ने गरेका छन् ।गुराँसको राजधानीको रूपमा परिचित टिएमजेका वनपाखा सेताम्यै भएर चाँदीझैँ देखिएका छन् । पर्यटकहरूको आगमनले पर्यटन व्यवसायसमेत फस्टाएको छ । पूर्वी तराई तथा भारतको विभिन्न क्षेत्रबाट हिउँ खेल्नकै लागि सयौँ आउने गरेका छन् ।

विशेष गरी यसक्षेत्रमा गुराँस फुल्ने सिजन र हिउँ पर्ने सिजनमा पर्यटकहरूको चाप बढ्ने गरेको छ । विगतका वर्षभन्दा यस वर्ष अत्यधिक हिउँ परेका कारण यहाँको पर्यटन व्यवसाय फस्टाएको छ । कोरोनाका कारण अस्तव्यस्त बनेको पर्यटन व्यवसाय हिउँ पर्न थालेसँगै फस्टाएको पर्यटन व्यवसायीहरूले बताउने गरेका छन्।जमेको हिउँमा रमाइरहे पनि पर्दै हिउँमा रमाएको पाएको पहिलो पटक भएको तिमी कसको ?

चलचित्र सुटिङका लागि तिनजुरे पुगेका कलाकार अर्जुन थापाले बताए । उनी भन्छन्- ‘हिउँमा रमाउनु छुट्टै कुरा छ । तर,पर्दै गरेको हिउँमा रमाउनु पाउनु जो कोहीको भाग्यमा हुँदैन । जो मैले अनुभूति गर्न पाएँ ।’पर्यटकहरूको चापसँगै होटेलहरू भरिभराउ बनेका छन् । पर्यटकहरूको बाक्लो आगमनले होटेल व्यवसायी उत्साहित बनेका छन् । कोरोनाले सुस्ताएको पर्यटन व्यवसाय हिउँ परेपछि फस्टाएको टुटे देउरालीका होटेल व्यवसायी श्री कार्कीले बताए ।

उनी भन्छन्- ‘हिउँ परेसँगै हाम्रो व्यवसाय फस्टाएको छ । यहाँका आएका पर्यटकहरूलाई धान्न मुस्किल बन्दै आएको छ ।’हिउँ परेको सुन्नेवित्तिकै पूर्वी तराईबाट पर्यटकहरू साना तथा ठुला सवारी साधन रिजर्भ गरेर आउने गरेका छन्। हिउँ परेसँगै जाडोले यहाँको जनजीवन भने कष्टकर बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah