काठमाडौ । अमेरिकी सहयोग एमसीसीका बारेमा अहिले राजनीतिक ध्रुविकरण बढेको छ । प्रधानमन्त्री शेर वहादुर देउवा एमसीसी पास गर्ने योजनामा छन् भने अन्य गठबन्धन दलका नेताहरु यथास्थितीमा पास गर्न नहुने तर्क राखिरहेका छन् ।नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले पनि यस वारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता लैजान संयुक्त राज्य अमेरिकालाई अनुरोध गरेका छन् ।

गौतमले मंगलबार विज्ञप्‍ति जारी गरेर एमसीसी अमेरिकाले फिर्ता लैजानु नै अहिलेको परिस्थितिमा नेपाल हितमा हुने उल्लेख गरेका छन् । एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतकद्द विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना हुने देखिएको छ ।

नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद रहेको छ, नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न,ु गौतमले भनेका छन्, ुयस्तो अवस्थामा नेपाल र अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।

गौतमले एक पक्षीय रुपमा भए पनि फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न अमेरिकालाई विशेष अनुरोध गरेका छन् । नेपाल र अमेरिकाबीच १९४७ मा दौत्य सम्बन्ध कायम भएदेखि आजसम्म घनिष्ट र मित्रतापूर्ण सम्बन्ध रहेको र नेपालको विकासमा सघाएको भन्दै गौतमले एमसीसी सम्झौतापछि नेपाली जनता अमेरिकाप्रति गम्भीर रुपमा संशकित भएको, नेपालको स्वतन्त्र र सार्वभौमिकतामा आँच पुग्ने शंका गरेकाले परियोजना फिर्ता नै दुबैको हितमा रहेको जिकिर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर