प्रहरीले अवैध लागु औषध गाजासहित एक युवकलाई पक्राउ गरेको छ । नेपाल–भारत सिमास्थित विष्णु गाउँपालिका–२ नदिया पकडि जाने सडकमा चेक जाचँका क्रममा लागु औषध गाजासहित कौडेना गाउँपालिका–२ निवासी २४ बर्षका विकास राउत पक्राउ परेका हुन् ।पक्राउ परेका राउत सवार मोटरसाइकलको पछाडि सेतो बोरामा लुकाई छिपाई लौजादै गरेको १० किलो लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका राउत भारतीय नम्बर प्लेट बीआर ३० डबलु ५४६४ नम्बरको मोटरसाइकलमा गाजा लिएर नेपालबाट भारततर्फ जाँदै थिए । प्रहरीले बरामद लागु औषध गाजा, सवार मोटरसाइकल र पक्राउ परेका राउतलाई नियन्त्रणमा लिएर घ’टनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जनाकारी दिए ।



