आफूलाई कहिले डाक्टर त कहिले स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारीका रूपमा चिनाएर जालमा फसाई १७ जना महिलासँग बिहे गर्दै लाखौँ रुपैयाँ ठगी गरेका एक पुरुषलाई भारतको भुवनेश्वर प्रहरीले पक्राउ गरेको छ । छयसट्ठी वर्षीय रमेशचन्द्र स्वाईंलाई भुवनेश्वरको खन्डगिरी क्षेत्रस्थित एउटा अपार्टमेन्टबाट आइतवार पक्राउ गरी सोमवार न्यायिक हिरासतमा पठाइएको हो ।
चिप्ला र मीठा कुरा गरी महिलाहरूलाई फसाएका रमेशमाथि आठवटा राज्यका १७ जना महिलासँग बिहे गरी पैसा ठगेको आ'रोप छ। पी'डित महिलामध्ये चारजना ओडिशाका, तीनजना असम र दिल्लीका, दुई-दुई जना मध्य प्रदेश र पञ्जाबका तथा एक-एक जना उत्तर प्रदेश, झारखन्ड र छत्तीसगढका छन्।गोमन सर्पले डसाएर श्रीमती मार्ने श्रीमान्लाई आजीवन कारावास,आ'रोपित रमेशले ती १७ जना महिलाबाहेक अरूलाई पनि फसाएको सम्भावनालाई नकार्न नसकिने भुवनेश्वरका डीएसपी उमाशङ्कर दासले बीबीसीलाई बताए।
“सत्रमध्ये तीनजना महिलाबारे रमेशको गिरफ्तारीपछि मात्रै थाहा भयो। सत्रजना बाहेक अरूलाई पनि फसाए वा नफसाएको कुरा हामी सोधपुछ गरिरहेका छौँ,” उनले भने।आफूहरूलाई धो'का दिएको र ठगेको विषयमा ती महिलाहरूले प्रहरीमा उजुरी दिएका थिए । दिल्लीको एउटा विद्यालयमा पढाउने एक महिला रमेशको अन्तिम शिकार भएकी थिइन्।आफूलाई स्वास्थ्य मन्त्रालयको उपमहानिर्देशक बताउँदै ती महिलासँग नजिक भएका रमेशले सन् २०२० मा एउटा मन्दिरमा उनीसँग बिहे गरे।
केही दिन दिल्लीमा बसेपछि नवदुलहीलाई लिएर उनी भुवनेश्वर फर्के र त्यहाँ एउटा अपार्टमेन्टमा बस्न थाले।भुवनेश्वर बसाइँका क्रममा ती महिलालाई रमेश पहिल्यैदेखि विवाहित रहेको थाहा भयो। सन् २०२१ को जुलाई ५ मा प्रहरीमा उजुरी दिई उनी दिल्ली फर्किन्।आफूलाई प्रहरीले खोजी गरिरहेको चाल पाएर रमेशले आफ्नो मोबाइल नम्बर परिवर्तन गरी त्यहाँबाट भागे।प्रहरीका अनुसार त्यहाँबाट भागेर गुवाहाटीमा बस्ने अर्की पत्नीसँग उनी बस्न थाले।
स्थिति सामसुम भइसकेको होला ठानेर सात महिनापछि रमेश भुवनेश्वर फर्किए।तर अपार्टमेन्टमा उनी पुग्नासाथ दिल्ली माइती भएकी श्रीमतीले प्रहरीलाई खबर गरिन्।वर्षौँदेखि कैयौँ महिला तथा प्रहरीलाई धो'का दिँदै आएका रमेश अन्ततः प्रहरीको फन्दामा परे।पहिलो शिकार:ओडिशाको पाटकुराका बासिन्दा रहेका रमेशको पहिले बिहे सन् १९८२ मा भएको थियो।पहिलो श्रीमतीबाट उनका तीन छोरा छन्। तीनैजना डाक्टर हुन् र उनीहरू विदेशमा बस्छन् ।
पहिलो बिहे भएको २० वर्षपछि सन् २००२ मा उनले एक महिलालाई पहिलो शिकार बनाए । प्रहरी स्रोतका अनुसार पहिलो शिकार बनेकी महिला झारखन्डकी थिइन् र ओडिशास्थित एक अस्पतालमा उनी डाक्टर थिइन् ।केही दिनपछि सरुवा भयो र उनी इलाहाबाद गइन्। रमेश पनि त्यहाँ गएर उनीसँगै बस्न थाले। मीठामीठा कुरा गर्दै ती महिलाबाट रमेशले पैसा र गहना लिइरहे । भुवनेश्वर प्रहरीलाई प्राप्त जानकारीअनुसार रमेशले आफ्नी शिक्षिका श्रीमतीबाट १३ लाख भारु र एक महिला प्रहरी अधिकारीबाट १० लाख भारु ठगेका छन्।
महिलालाई कसरी फसाउँथे ?
धूर्त रमेशले निकै सावधानीका साथ आफ्नो शिकारको चयन गर्थे। उनी मूलतः म्याट्रिमोनिअल वेबसाइटको सहारा लिन्थे।बिहे हुन बाँकी अलि बढी उमेरका महिला, एकल महिला र सम्बन्धवि'च्छेद भइसकेका महिलालाई उनले शिकार बनाउँथे । तर शिकार बनाउनु अघि उनले ती महिला जागिरे र पैसावाल भए वा नभएको पक्षबारे विचार गर्थे । निशाना तय गरिसकेपछि रमेशले म्याट्रिमोनिअल वेबसाइट मार्फत् महिलाहरूसँग सम्पर्क स्थापित गर्ने गर्थे।
त्यसपछि आफ्ना चिप्ला तथा मीठा कुराले महिलाको विश्वास जित्थे।विश्वास दिलाउनका लागि उनी डाक्टर र स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारीको नक्कली परिचयपत्र पनि बनाएका थिए।अन्य ठगी पनि:महिलाहरूलाई फसाएर बिहे गर्दै ठग्नुबाहेक अरू मानिसहरूलाई पनि ठगेको रमेशमाथि आ'रोप छ।मेडिकल कलेजमा अध्ययनका लागि भर्ना गराइदिने आश्वासन दिएर कैयौँ युवाहरूबाट रकम ठगी गरेको आ'रोप पनि उनीमाथि छ ।
प्रहरीका अनुसार सन् २००६ मा मेडिकलका विद्यार्थीहरूलाई ऋण दिलाउनका लागि फर्जी कागजपत्र बुझाएर विभिन्न ब्याङ्कबाट एक करोड भारुभन्दा बढी ठगी गरेको आ'रोप रमेशमाथि छ।त्यति मात्रै होइन मेडिकल कलेज खोल्नका लागि अनुमति दिलाउने झूटो आश्वासन दिएर एउटा गुरुद्वारासँग १३ लाख भारु ठगेको पनि आ'रोप छ।










