युुरोपमा युनाईस आँधीका कारण कम्तिमा १३ जनाको मृ’त्यु भएको छ । आँधीबाट बेलायत, आयरल्यान्ड, द नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र पोल्यान्ड सबैभन्दा बढी प्रभावित छन् । यी देशका आँधी प्रभावित क्षेत्रमा रुखहरु ढलेका छन् र सडकहरु अ’बरुद्ध बनेका छन् ।आँधीका कारण १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन आ’पतकालीन कर्मचारीहरुले प्रयास गरिरहेका छन् ।
आँधीले बेलायतको यात्रामा अस्तव्यस्तता ल्याएको छ भने डोभरको इंग्लिस च्यानल बन्दरगाह बन्द गर्नुका साथै बेलायत र वेल्सलाई जोड्ने पुलहरू अ’बरुद्ध पारेको छ । त्यसैगरी, आँधीका कारण लन्डनभित्र र बाहिर चल्ने धेरै जसो रेलहरु रोकिएका छन् । युरोपमा यो साता असर गर्ने युनाईस दोस्रो पटक नाम राखिएको आँधी हो । पहिलो आँधीले जर्मनी र पोल्यान्डमा कम्तिमा पाँच जनाको मृ’त्यु भएको थियो ।
आँधीबारे पहिलो पटक लन्डनमा शुक्रबार रातो चे’तावनी दिइएको थियो । सन् १९८७ मा बेलायत र उत्तरी फ्रान्समा आएको ‘शक्तिशाली आँधी’ पछि यसलाई युरोपको सबैभन्दा ठूलो आँधी बताइएको छ । ‘युनाइस आँधीले साँच्चनै नै एक मु’क्का प्र’हार गरेको छ । जलवायु कार्यलयका प्रमुख मौसमविद् फ्रयांक साउन्डर्सले भने ।‘मौसमबाट जीवन ख’तरामा छ भने हामीले रातो मौसमी चे’तावनी जारी गर्र्छौं,’ उनले थपे । ठूलो हुरीका कारण बेलायतमा विमान चालकहरुले अ’वतरण रोक्न बाध्य भएका थिए । – एजेन्सी



