ग्रिष्मा वेकारियाको परिवार राज्यमा महिला सुरक्षाको विषय गुजरात सरकारसँग प्रश्न सोधिरहेका छन् ।

बीबीसी गुजरातीसँग कुरा गर्दै वेकारिया परिवारका सदस्यले उनकी छोरीको दिनदहाडै हत्या गरिएको छ, यस्तोमा सरकारले छोरीहरुको सुरक्षा कसरी दाबी गर्न सक्छ भनेर प्रश्न उठाइरहेका छन् ।

प्रेम प्रस्ताव अस्वीकार गर्दा फेनिल गोयानीले परिवारका सदस्यको अगाडि नै ग्रिष्माको घाँटी रेटी हत्या गरेको बताइँदै छ ।

अन्यले पनि पाठ सिकून् भनेर ग्रिष्माकी काकी फेनिललाई कडा सजाय दिन माग गरिरहेकी छिन् । उनले भनिन्, ‘ग्रिष्मामाथि जे भयो, त्यो अन्य छोरीमाथि हुनु हुँदैन । हाम्रा छोरीहरु कसरी सरक्षित रहलान् ? उनीहरु त्यतिबेला मात्रै सुरक्षित हुनेछन् जब राज्य सरकार पर्याप्त सुरक्षा प्रदान गर्नेछ । ’

ग्रिष्माकी आमा विलास वेकारियाले बीबीसीसँगको कुराकानीमा आफूले छोरीको लागि न्याय मात्रै मागिरहेको बताएकी छिन् । उनले भनिन्, ‘मेरी छोरी निर्दोष छिन् । उनको कुनै गल्ती थिएन तरपनि उनको हत्या भयो । मलाई न्याय मात्रै चाहिएको छ । उसले मेरो आँखाको अगाडि छोरीको घाँटी काटिदियो । तीब्र रुपमा रगत बग्न थालेको थियो । यो सबै मैले मेरो आँखाले देखेकी थिएँ ।’

ग्रिष्मालाई पछिल्लो एक वर्षदेखि फेनिलले तनाव दिइरहेका थिएः

प्रहरीलाई दिइएको उजुरी अनुसार फेनिल पछिल्लो एक वर्षदेखि ग्रिष्मालाई तनाव दिइरहेको थियो ।

मुटु काँप्ने यो घटनाको भिडियो सोसल मिडियामा पनि भाइरल भएको छ जसका कारण प्रहरी व्यवस्था र मानिसको संवेदनशीलतामाथि प्रश्न उठिरहेको छ ।

अभियुक्त फेनिलमाथि कार चारीको मुद्दा पनि दर्ता थियो । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । फेनिललाई प्रहरीले पक्राउ गरेको छ ।

गिष्मा वेकारिया अमरोलीको जेजे शाह कलेजबाट बी कम पढिरहेकी थिइन् ।

अभियुक्त

घटनाको दिन के भयो ?

आरोपका अनुसार ग्रिष्मालाई फेनिल पंजाक गोयानीले पछिल्लो एक वर्षदेखि तनाव दिँदै आएका थिए । फेनिल सूरतको कापुदारास्थित सागर सोसाइटीमा बस्दथे ।

प्रहरीको उजुरीम भनिएको छ, ‘ग्रिष्माको परिवारका सदस्यले यो मामिलालाई फेनिलको परिवारसम्म लिएर गएको थियो । ग्रिष्माका पिताका साथीसँगै उनकी मामा पनि फेनिलको परिवारसँग मिलेका थिए, उनले फेनिललाई नगर्न भनेका थिए । फेनिलले आफूले ग्रिष्मालाई पछ्याउन छोड्ने पनि बचन दिएका थिए ।’

उजुरीमा बताइएको छ – भ्यालेन्टाइन्स डेभन्दा दुईदिन अघि शनिबार बेलुका फेनिल ग्रिष्माको गाउँमा पुगे । ग्रिष्माले उनलाई देखेपछि आफ्नो ठूलो बुवा सुभाष वेकारियोलाई भनिन् । सुभाषले फेनिललाई रोक्ने कोसिस गरे, तर उनले पेटमा चक्कू हानेर घाइते बनाइदिए ।’

‘ग्रिष्माका १७ वर्षका भाइ र उजुरीकर्ता ध्रुवले पनि फेनिललाई रोक्ने कोसिस गरे, तर फेनिलले उनको हात र टाउकोमा पनि चक्कूले हमला गरे ।’

‘ग्रिष्माले पनि आफ्ना काका र भाइलाई बचाउने कोसिस गरिन् तर फेनिलले ग्रिष्माको घाँटीमा चक्कू राखिदिए । ग्रिष्माका आमा–बुवा र अन्य सदस्यले उनलाई छोडिदिन आग्रह गरिरहे तर उनले ग्रिष्माको घाँटी काटिदिए ।’

उक्त दर्दनाक घटनालाई एक प्रत्यक्षदर्शीले भने, ‘घटनापछि फेनिल त्यहाँ बसिरहे र कसैले पनि ग्रिष्मालाई बचाउने कोसिस नगरुन् भन्ने कुराको सुनिश्चित गरे ।’

यस्तै केही मिडिया रिपोर्टमा बताइएको छ, ‘जब उनलाई ग्रिष्माको मृत्यु भइसक्यो भनेर विश्वास भयो तब त्यहि चक्कूले आत्महत्या गर्ने कोसिस गरे ।’

सूरतका डेप्युटी एसपी बीके वानारले बीबीसी गुजारातीसँग भने, ‘अभियुक्तले आत्महत्या गर्ने कोसिस गरेका होइनन् । वास्तवमा उनी घटनास्थलमै उभिरहे ताकि ग्रिष्मालाई बचाउने कोसिस कसैले पनि नगरुन् । ग्रिष्मा भुइँमा लडेकी थिइन् र पीडामा छट्पटाइरहेकी थिइन् । खासमा उनी ग्रिष्माको मृत्यु सुनिश्चित गर्न चाहन्थे । उनले कसैलाई पनि टाढा आउन दिएनन्, न नै अस्पताल लैजान दिए ।’

बिके वानार भन्छन्, ‘अभियुक्त त्यहाँ दुईदेखि तीन मिनेटसम्म बसेका थिए । त्यतिबेला ग्रिष्मा पीडामा छट्पटाइरहेकी थिइन् । त्यहाँ सुपारी चपाइहे र चक्कूले अन्य व्यक्तिलाई घाइते बनाउने कोसिस गरे । जब त्यहाँ मानिसको संख्या बढ्न थाल्यो तब उनीहरुलाई तर्साउनका लागि आफूलाई नै चक्कू हाने ।’

बिके वानरका अनुसार मृतक र अभियुक्त दुबैको उमेर २० देखि २१ वर्षबीच थियो ।

फेनिलका पिता पंकज गोयानीले मिडियासँगको कुराकानीमा भने, ‘फेनिल, परिवारका लागि समस्या बनिसकेका थिए, उसले कसैको कुरा पनि सुन्दैनथ्यो । जब ग्रिष्माका परिवारले आफ्नो परिवार लिएर आएका थिए तब मैले उनलाई गाली गरेको थिएँ । त्यतिबेला उनले आफूले ग्रिष्मालाई तनाव नदिने बताएका थिए । तर ऊ सुध्रिनका लागि तयार भएन्न् । यदि अदालतले उनलाई फाँसीको सजाय पनि दिन्छ भने हामीलाई कुनै अफसोस छैन ।’

फेनिलका आमाबुवाले आफ्नो छोराको स्थितिबारे थाहा पाउनका लागि आफूहरु अस्पतालसमेत नगएको बताए ।

यस्तै अर्कोतर्फ ग्रिष्माका पिता नन्दलाल अफ्रिकाबाट फर्किएपछि मात्रै ग्रिष्माको अन्तिम संस्कार गरियो । अन्तिम संस्कारमा ग्रिष्माका आफन्तबाहेक छिमेकका थुप्रै मानिस समावेश भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah