वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३८ जनालाई ठगेको आ'रोपमा चितवन प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।३८ जना व्यक्तिसँग ४५ लाख ७५ हजार रुपैयाँ ठ'गेको आ'रोपमा पूर्वी चितवनको खैरहनी नगरपालिका–७ सुर्तना बस्ने ३८ वर्षीय मिना चौधरी सोमबार पक्राउ परेकी हुन् ।

आ'रोपित व्यक्तिले विदेशमा आफूले चिनेजानेको तथा आफन्त भएको र कम रकममा भिसा मगाई विदेश पठाइने दिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘वैदेशिक रोजगारमा राम्रो कमाई हुन्छ । मेरो चिनजानका तथा आफन्त मार्फत भिसा मगाइ कम रकममा नै विदेश पठाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी विभिन्न व्यक्तिलाई ठ'गेको भन्ने सूचनाका आधारमा पक्राउ गरेका हौं’, उनले भने ।आ'रोपितवि'रुद्ध चितवन जिल्ला अदालतमा ठ'गी मु'द्दामा म्याद अनुमति लिई थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।