रूसले डोनबासमा सैन्य परिचालन सुरु गरेपछि कीभले मस्कोसँग कू’टनीतिक सम्बन्ध टुटाउने निर्णय गरेको सरकारी समाचार संस्थाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गरी बिहीबार जनाएको छ ।जेलेन्स्कीले टेलिभिजनको एउटा सम्बोधनमा यूक्रेनले आफ्नो सुरक्षा गरिरहेको र आफ्नो भूगोलमा सैन्य आ’क्रमण गर्ने रूससँगको कु’टनीतिक सम्बन्ध बि’च्छेद गर्ने बताएका हुन् । यस आ’क्रमणमा ४० जनाभन्दा बढी युक्रेनी सैनिक र लगभग १० सर्वसाधारण मा’रिएको उनले पुष्टि गरे ।
यसअघि बिहिबार नै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विशेष सैन्य अपरेशन’ को अनुमति दिएका थिए । युक्रेनले देशभरका सैनिक प्रतिष्ठानहरु आ’क्रमणमा परेको पुष्टि गरेको छ ।



