सवाल नेपाल/राजनीतिक ब्यूरो

नेपाली काँग्रेसले झापामा अन्तरघाती खाजेर कार्वाही शुरु गरेको छ । बिभिन्न ठाँउमा किचलो शुरु भएपनि झापाको सुरुगामा भने कार्वाही शुरु गरेको हो । यसले यहाँ हल्लिखल्लि मच्चिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्वाहीमा पर्नेहरुमा महासमिति सदस्य रमेश श्रेष्ठसहित पूर्व जिल्ला सदस्य सुकदेव पौडेल, सक्रिय सदस्य युवराज संग्रौला, क्षेत्रीय प्रतिनिधि पवन साह, सक्रिय सदस्य सुशील पोखरेल, इन्द्र श्रेष्ठ, निलम कटुवाल (निल डेबिड) र सदस्य साधारण कुमारमणि पोखरेल रहेका छन् ।

स्थानीय स्तरमा स्थापित र प्रभाव राख्न सक्ने काँग्रेसका नेता कार्यकर्ता सुरुगामा कार्वाहीमा परेको बताईएको छ । अब अन्य नगरहरुमा पनि कार्वाही शुरु हुने जनाईएको छ ।

दमकमा पनि कार्वाहीको हल्ला चलेपनि यो बिषय फेरी गुपचुप अवस्थामा पुगेको छ । पार्टीका पराजित कतिपय उम्मेदवारहरु भने कार्वाही नभए पार्टीमा रहेको औचित्य समाप्त हुने भन्दै नेतृत्वलाइ चेतावनी दिइरहेकाछन् ।