युक्रेनको राजधानी किएभमा रुसको सेनाले निर्णायक आक्रमणको तयारी गरेको छ ।
ताजा भूउपग्रहीय तस्वीरमा रुसी सैनिक र ट्यांकहरूले जत्था ६४ किलोमिटर लामो देखिएको छ । जत्थामा ट्यांक बाहेक बख्तरबन्द गाडी, तोप र अन्य सहायक वाहन छन् ।
रुसी सैनिकहरू अहिले किएभबाट २५ किलोमिटर टाढा छन् र द्रुत गतिमा अघि बढिरहेका छन् ।



