विश्वकै धनी व्यक्तिको सूचीमा एक नम्बरमा रहँदै आएका बिल गेट्स सोहि स्थानमा रहेका छन् । बिहिबार उनलाई पछि पार्दै अमेजनका संस्थापक ५३ वर्षीय जेफ बेजोस केही घण्टा विश्वकै सर्वाधिक धनी बनेका थिए।

ब्लुमबर्ग बिलेनियरको रिपोर्ट अनुसार जेफ ९०.९ अर्ब डलर सम्पत्तिको साथमा विश्वकै सर्वाधिक धनी बन्न सफल भएका थिए । उनि बिहीबार विश्वकै ठूलो अनलाइन रिटेलर कम्पनी अमेजनको सेयरमा भएको भारी वृद्धिसँगै विश्वकै धनी व्यक्ति बनेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

 जेफ पहिलो स्थानमा रहेको केहि समय लगत्तै कम्पनीको सेयरमा गिरावट आयो र जेफ फेरि विश्वका सर्वाधिक धनीहरुको सूचिको २ नम्बरमै झर्न पुगे ।

उनको कम्पनीले अहिले विश्वभर खाद्यवस्तुदेखि लिएर टेलिभिजन र अन्य आवश्यक सबै बस्तुहरु बिक्रीको सुविधा ल्याएको छ । बिजोसले सन् १९९४ मा सेयर बजारमा काम गर्न छाडेर अनलाइन इकमर्स वेबसाइट अमेजन स्थापना गरेका थिए ।