किएभ । युक्रेनमा युद्धको चपेटामा परी शरणार्थी बन्नेको संख्या २० लाख पुगेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग (यूएनएचसीआर) का प्रमुख फिलिप्पो ग्रान्डीले सुरक्षाको खोजीमा युक्रेन छोडेर जाने मानिसको संख्या २० लाख पुगेको बताएका हुन् ।
रुसले युक्रेनमा आक्रमण गरेको मंगलबार १३ दिन पुगेको छ । रुसी आक्रणबीच युक्रेन छोडेर जानेको संख्या तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको छ । युक्रेनको छिमेकी पोल्याण्डमा मात्रै १० लाख बढी मानिस शरण लिन पुगेका छन् ।



