फेसबूक र इन्स्टाग्रामको स्वामित्व रहेको कम्पनी मेटाले केही देशका प्रयोगकर्तालाई भ्लादिमिर पुटिन तथा रुसी सैनिकहरूविरुद्ध हिंसाको आह्वान गर्न छुट दिने भएको छ ।
‘रुसी अतिक्रमणकारीहरू मरून्’ भन्ने किसिमका हिंसात्मक अभिव्यक्तिलाई अस्थायी रूपमा अनुमति दिने मेटाले जनाएको छ ।

तर रुसी नागरिकविरुद्ध हिंसाको आह्वान गर्न मेटाले अनुमति दिने छैन ।

फेसबूकको ‘अतिवादी गतिविधि’ रोक्नका लागि रुसले अमेरिकालाई आह्वान गरेको छ ।

रुस, युक्रेन र पोल्यान्ड लगायतका देशमा प्रयोगकर्ताहरूले रुसका राष्ट्रपति पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको मृत्यु कामना गर्न पाउनेछन् ।

युक्रेनमाथिको आक्रमणको सन्दर्भ स्पष्टसँग खुलाइएको पोस्टमा रुसीहरू विरुद्ध हिंसाको आह्वानलाई अनुमति दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय