हङकङ, १३ मार्च । हङकङमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या दुई वर्षअघि कोरोना प्रकोपको केन्द्रबिन्दु रहेको चीनको वुहान शहरमा भन्दा बढी पुगेको छ।

हङकङमा मृत्यु हुनेको कुल संख्या ३,९९३ पुगेको स्वास्थ्य विभागका प्रमुख चिकित्सा र स्वास्थ्य अधिकारी अल्बर्ट अउले बताएका छन्। जब कि वुहानमा कूल मृत्यु संख्या ३,८६९ रहेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हङकङमा २४ घण्टाभित्र थप १९० जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा ३९ वर्षदेखि १०५ वर्ष उमेरबीचका ११२ पुरुष र ७८ महिला रहेका छन्। मृत्यु हुनेहरुमा केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ३७८० पुगेको छ।

हङकङमा आज ३२,४३० नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।

डा. अल्बर्ट अयूका अनुसार संक्रमितमध्ये ३ आयातित, ० डेल्टा र ७९३ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्।

८९ जना विरामीको अवस्था चिन्ताजनक र १४४ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। ७४१ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।