काठमाडौं- रुसले शुक्रबार युक्रेनमा पहिलोपटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल प्रयोग गरेको छ। युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न किन्जल हाइपरसोनिक मिसाइल प्रयोग गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

‘हाइपरसोनिक एरोबलिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले इभानो–फ्रान्किभस्क क्षेत्रको डेलियाटिन गाउँमा मिसाइल र उड्डयन गोदाम भएको ठूलो भूमिगत गोदामलाई ध्वस्त पारेको छ,’ रुसी रक्षा मन्त्रालयले भनेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राज्य समाचार एजेन्सी आरआईए नोवोस्तीले जनाएअनुसार किन्जल हाइपरसोनिक हतियारको पहिलो प्रयोग हो, जसलाई मस्कोले पश्चिमी युक्रेन समर्थकमा ‘विशेष सैन्य अपरेशन’ भनेको छ।

हाइपरसोनिक मिसाइ अति उन्नत मिसाइल मानिन्छन्, जो उचाइमा सहजै उड्छ। यस्तो प्रकारको ‘क्रुज मिसाइल’ ध्वनिभन्दा ५ गुणा उच्च गतिमा चल्छन्।

रूसका अनुसार युक्रेनविरुद्ध जुन किन्जल मिसाइलको प्रयोग गरिएको छ, त्यसले २ हजार किलोमिटरसम्म आफ्नो निसानामा रहेको क्षेत्रलाई ध्वस्त पार्न सक्छ। रूसको दाबी छ कि यो मिसाइलले सबै प्रकारका हवाइ तथा मिसाइल डिफेन्स सिस्टमलाई असफल बनाउन सक्छ। यद्यपि रुसको दाबीलाई स्वतन्त्र रुपमा पुष्टि भने गरिएको छैन।