सन् १९९९ मा सेनाले अपदस्थ गरेका नवाज सरिफको सन् २०१३ मा सम्पन्न संसदीय निर्वाचनपछि पाकिस्तानको प्रधानमन्त्रीका रूपमा तेस्रोपटक कमब्याक भएको थियो । उनको पुनः सत्तारोहण पाकिस्तानको इतिहासमा एउटा कोसेढुंगा साबित भएको थियो । तर, उनका तीनैवटै कार्यकालमा विभिन्न उत्तारचढाव देखिएका थिए । तेस्रोपटक सरकारको नेतृत्व गरेलगत्तै उनले विपक्षी दलहरूबाट ठूलो विरोध सामना गर्नुपर्यो । निर्वाचनमा धाँधली गरेको र भ्रष्टाचारको आरोप लगाउँदै विपक्षीले ६ महिनासम्म राजधानी इस्लामाबाद ठप्प पारका थिए ।

सरकारमा रहँदा उनीमाथि एकपछि अर्को भ्रष्टाचारका आरोप लागे । अन्ततः शुक्रबार सर्वोच्च अदालतले भ्रष्टाचारी करार गर्दै पदका लागि अयोग्य भएको फैसला गर्यो । सर्वोच्चको फैसलालगत्तै सरिफले पदबाट राजीनामा दिए ।

६७ वर्षीय सरिफ पाकिस्तानी इतिहासमा पछिल्लो ३० वर्षदेखि नै एउटा नेतृत्वदायी राजनीतिज्ञका रूपमा परिचित थिए । तेस्रो कार्यकालमा निर्वाचित हुनुअघि उनी सन् १९९० देखि १९९३ र सन् १९९७ देखि १९९९ सम्म प्रधानमन्त्री रहेका थिए । सन् १९९९ मा रक्तपातपूर्ण कुपछि उनी पदमुक्त भएका थिए ।

उनका समकालीनलाई जस्तै सरिफमाथि निरन्तर भ्रष्टचार आरोप लाग्यो । पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का अध्यक्ष तथा पाकिस्तानको स्टिल मिल इत्तेफाक ग्रुपका मालिक सरिफ देशकै धनाढ्य उद्योगपतिहमध्ये एक हुन । पूर्वसैन्य नेता जनर्ल जियाउल हकका सहयोगीसमेत रहेका सरिफ पाकिस्तान बाहिर भने देशमा पहिलोपटक आणविक परीक्षण गराउने नेताका रूपमा चिनिन्छिन् । उनले सन् १९९८ मा आणविक परीक्षण गर्न निर्देशन दिएका थिए ।

सरिफको जन्म सन् १९४९ मा पाकिस्तानको प्रख्यात सहर लाहोरमा प्रसिद्ध उद्योगपतिको परिवारमा भएको थियो । सहरीया भए पनि उनले ग्रामीण इलाकाबाट राजनीति सुरु गरेका थिए । तत्कालीन जनरल जियाउल हकको सैन्य शासन कालमा उनी पन्जाबका अर्थमन्त्री हुँदै सन् १९८५ देखि १९९० सम्म मुख्यमन्त्री बनेका थिए । विश्लेषकका अनुसार उनी प्रभावशाली राजनीतिज्ञ होइनन् । न त उनले आफूलाई कुशल प्रधानमन्त्री प्रमाणित गर्न सफल भए ।

विश्लेषकका अनुसार सरिफ प्रभावशाली राजनीतिज्ञ होइनन्, उनी आफूलाई कहिल्यै पनि कुशल प्रधानमन्त्री प्रमाणित गर्न सफल भएनन्

उत्तारचढाव
सन् १९९० मा उनी प्रधानमन्त्रीमा निर्वाचित भए तर तीन वर्षपछि हटाइए, जसले तत्कालीन विपक्षी नेतृ बेनेजिर भुट्टोलाई सरकारको नेतृत्व गर्ने बाटो तय गर्यो । सन् १९९७ मा सुविधाजनक बहुमतसँगै उनी पुनः प्रधानमन्त्री बने । उनको राजनीतिमा महत्वपूर्ण दबदबा बढ्यो । सेनाबाहेक राज्यका महत्वपूर्ण संयन्त्रलाई आफ्नो नियन्त्रणमा राख्न सफल भए । विरोधीको निरन्तरको दबाबबाट निराश बनेका उनी सारिया कानुन बनाउन संविधान संशोधनको विधेयक पेस गरे । प्रधानमन्त्रीमा हुँदा शक्ति केन्द्रसँग उनको विवाद बढ्यो । उनको समर्थकको एउटा समूह सर्वोच्च अदालत पुगेर पाकिस्तानी सेनालाई लगाम लगाउने प्रयत्न गर्यो ।

सैन्य कु
तत्कालीन सेना प्रमुख पर्वेज मुसरफबाट सत्ताच्युत भएपछि कुको इतिहास बोेकेको पाकिस्तानमा सेनाको शक्तिलाई सीमित पार्न खोज्दा कुनै पनि राजनीतिज्ञको हविगत कस्तो हुन्छ भन्ने सीधा उदाहरण सरिफ बने । सरिफलाई पक्राउ गरियो र अपहरण तथा अतिवादी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै उनलाई जन्म कैदको सजाय सुनाइयो । मुसरफ सरकारले उनीमाथि भ्रष्टाचारको अभियोग लगाउनुका साथै राजनीतिक गतिविधिमा लाग्न प्रतिबन्ध लगायो ।

तर, सरिफ र साउदी ब्रुकरबीच भएको एउटा सम्झौतापछि सरिफ र उनको परिवार पाकिस्तानको जेलमा कोचिनबाट भने जोगियो । तत्पश्चात् सरिफ र उनको ४० सदस्यीय परिवार साउदी निर्वासित भयो ।

तत्कालीन सेनाप्रमुख परवेज मुसर्रफबाट सत्ताच्यूत भएपछि कुको इतिहास बोेकेको पाकिस्तानमा सेनाको शक्तिलाई सीमित पार्न खोज्दा कुनै पनि राजनीतिज्ञको हविगत कस्तो हुन्छ भन्ने सीधा उदाहरण सरिफ बनेका थिए

भ्रष्टाचार आरोप
तर, पाकिस्तानी सेनासँगको सम्झौतापछि सरिफ र उनको परिवार सन् २००७ मा स्वदेश फर्कियो । पाकिस्तानमा फर्किएपछि उनी सरकारविरोधी आन्दोलनमा निरन्तर सहभागी भए । सन् २००८ मा भएको संसदीय निर्वाचनमा उनको पार्टीले एक चौथाइ सिट ल्याउन सफल भयो । तर, सन् २०१३ मा भएको निर्वाचमा उनको पार्टीले एतिहासिक विजय हासिल गर्यो । उनको पार्टीलाई पूर्वक्रिकेटर इमरान खानको पिटिआई पार्टीले राजनीतिक रूपमा महत्वपूर्ण पन्जाब प्रान्तमा भने कडा चुनौती दिएको थियो । तेस्रोपटक कार्यभार सम्हालेसँगै सरिफका संकटका दिन सुरु भएका थिए । सरकारले हनिमनुसमेत मनाउन पाएन । मन्त्रिमण्डल विस्तार भएपछि पहिलो ६ महिना इमनरान खानको पिटिआईले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्यो । निर्वाचनमा धाँधली भएको र सरिफले राजीनामा दिनुपर्ने माग गर्दै देशका महत्वपूर्ण सहर ठप्प भए । आन्दोलनका कारण सरिफ सरकार निरीह बनेको थियो । पाकिस्तानी सेनाको कुख्यात गुप्तचर निकाय इन्टर सर्भिस इन्टेलिजेन्स (आइएसआई) ले भित्रभित्रै खानलाई उचालेको आरोप लाग्यो । भारतसँगको व्यापारिक सम्बन्ध विस्तार रोक्न सरिफमाथि आइएसआईले भित्री रूपमा खानलाई उपयोग गरेको विश्लेषकले बताउँदै आएका छन् ।

सरिफका खोक्रा वाचा
तेस्रो कार्यकालअघि सरिफले पाकिस्तानलाई ‘एसियाको टाइगर’ बनाउने वाचा गरेका थिए । देशमा नयाँ पूर्वाधारको विकास गर्ने र उद्योगधन्दा विकास गर्ने, विकास निर्माणका गतिविधिलाई तीव्रता दिने र देशमा आर्थिक क्रान्ति ल्याउने सरिफले वाचा गरेका थिए ।

भ्रष्टाचारप्रति सरकारको शून्य सहनशीलता रहेको उनले बताउँदै आएका थिए । तर, उनी स्वयं भ्रष्टाचारको दलदलमा फसेको आफैँले थाहा पाएनन् । गत वर्ष पानामा पेपरले गरेको लिक्समा उनको परिवारको सम्बन्ध अफसोर कम्पनीसँग जोडिएपछि सरिफ समस्यामा परेका थिए । सोही विषयमा उनीविरुद्ध अदालतमा दर्जनाैँ मुद्दा परेको थियो ।

अन्ततः अदालततको १५ महिना लामो अनुसन्धानपछि शुक्रबार भएको फैसलामा उनी दोषी ठहर भएका छन् । अदालतको फैसलासँगै अबको उनको राजीतिक यात्रामा त पूर्णविराम लागेकै छ, उनले बाँकी जीवन कैदमा बिताउने छन् । नया पत्रिकाले लेखेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah