युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी बम हमला र गोलाबारीबीच दक्षिणी बन्दरगाह शहरमा करीब १ लाख युक्रेनी बिचल्लीमा परेको बताएका छन् । ‘आजसम्म मारिओपलमा करीब १ लाख मानिस अमानवीय अवस्थामा छन् । उनीहरूलाई खाना, पानी र औषधि छैन । त्यहाँ निरन्तर गोलाबारी र बम हमला भइरहेको छ ’, राष्ट्रपतिले भने ।

त्यहाँ मानवीय कोरिडोरमार्फत नागरिकहरूलाई उद्धार गर्ने प्रयासहरू रुसी गोलाबारी र ‘योजनाबद्ध आतङ्क’का कारण अवरोध भएको उनले बताए । एउटा मानवीय कोरिडोर रुसले नियन्त्रणमा लिएको जानकारी दिँदै जेलेन्स्कीले सरकारी कर्मचारी र उनीहरूका बस चालकलाई रुसी सेनाले बन्धक पारेको आरोप लगाए ।

जेलेन्स्कीले अगाडि भने, ‘सम्पूर्ण कठिनाइका बाबजुद मारिओपोलका ७ हजार २६ जनको मंगलबार शहरबाट उद्धार गरिएको छ । यसैबीच, पछिल्लो दुई सातामा युक्रेनले १ लाख टन मानवीय सहयोग प्राप्त गरेको उनले बताए । जेलेन्सकीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई युक्रेनको भ्रमण गर्न गरेकोसमेत जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88