एजेन्सी ।

विवाह पछि धेरै महिलाहरुको ध्यान आफ्नो परिवार तिर जान्छ । विवाहपछि जिम्मेवारी बढेर सन्तान जन्माउने र करियर छोड्ने महिला धेरै छन् । त्यसैगरी कतिपय परिवार यस्ता पनि छन् जसले विवाहपछि पनि बुहारीको सपना पूरा गर्न सहयोग गर्छन् ।

भारतकी एक महिलाले आफ्नो विवाह भएको २२ वर्षपछि आफ्नो सपना पुरा गरेर विवाहपछि पनि करिअर बनाउन सकिन्छ भन्ने प्रमाणीत गरेकी छिन । जसले विवाहको करिब २२ वर्षपछि आफ्नो सपना पूरा गरिन् । उनको यो सपना पूरा गर्न परिवारले धेरै सहयोग गरेको थियो ।

यी महिला बाल्यकालदेखि नै फेसन क्षेत्रमा नाम कमाउन चाहन्थिन् । अब उनले ४२ वर्षको उमेरमा मिसेस इन्डिया युनिभर्स २०२२ को उपाधि हात पारेकी छिन् । मिसेस इन्डिया युनिभर्स २०२२ को उपाधि जित्ने महिलाको नाम हो श्वेता जोशी दहडा हुन् । उनी भारतको अमृतसर निवासी हुन ।

बिहेपछि नै उनले बीएडसम्मको अध्ययन पनि गरिन । मेरो श्रीमानको पोस्टिङ हैदराबादमा छ जसको नाम कर्नल रमन धाडा हो । श्वेताले भनिन्, ‘मलाई सुरुदेखि नै फेसन क्षेत्रमा प्रवेश गर्ने रहर थियो । विवाहपछि मैले धेरै पटक आर्मी इभेन्टमा भाग लिएँ तर व्यक्तिगत रूपमा यो मेरो पहिलो प्रतियोगिता थियो, जसमा मैले पहिलो पटक मिसेस इन्डिया युनिभर्स २०२२ को उपाधि जितेँ ।

श्वेताले भनिन्, ‘मेरी छोरी १९ वर्ष र छोरा १५ वर्षको छन । यो क्षेत्रमा लाग्ने रहर धेरै अघिदेखि थियो तर घरपरिवारको जिम्मेवारीले गर्दा सुरुमा खासै ध्यान दिएन । तर मनमा यो फिल्डमा केही गर्नुपर्छ भन्ने कुरा पक्कै चलिरहेको थियो । त्यसपछि मैले यस प्रतियोगिताको बारेमा थाहा पाएँ र त्यसपछि जयपुरमा आयोजित मिसेस इन्डिया युनिभर्स २०२२ प्रतियोगितामा भाग लिएँ ।

फाइनल कार्यक्रमको दिन, मलाई प्लेटिनम विधामा विजेता घोषित गरियो । श्वेताले भनिन्, ‘आठ वर्षअघि मैले फिटनेसमा सर्टिफिकेट दिएकी थिएँ । त्यसबेलादेखि आर्मी क्यान्टमा सेनाका जवानका परिवारलाई तालिम पनि दिन्छु । म सधैं फिटनेसको बारेमा धेरै सचेत छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
ksebecsekm.com