१४ साउन– लैनचौरस्थित भारतीय दूतावासमा गत असार २८ गते भएको निर्णय अनुरुप माओवादी नेता मातृका यादवको संयोजकत्वमा ‘मधेसी भ्वाइस एसेम्ब्ली’ गठन भएको छ । गत असार २८ गते बुधवार राती भारतीय दूतावासमा कांग्रेस, माओवादी र राजपाका केही नेतासहितको बैठकले राजपाको मात्रै नेतृत्वमा नाममा तराई मधेसमा ‘सशक्त गतिविधि’ हुन नसकेको भन्दै सबैलाई समेट्न नयाँ संयन्त्र बनाउने निर्णय भएको थियो ।

दूतावासमा निर्णय भएको १० दिनपछि साउन ७ गते माओवादी नेता मातृका यादवको संयोजकत्वमा ‘तराई मधेसलाई एक प्रदेश’ र नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने उद्धेश्य अनुरुप एसेम्बली गठन भएको हो । तत्काल एसेम्बली गठन गर्नुका दुई उद्धेश्य रहेको वताइएको छ ।

स्थानीय तहको असोज २ गते हुने २ नम्बर प्रदेशको चुनावमा माओवादीका पक्षमा भोट तान्न यसले सघाउने र राजपाको पहुँच खस्किएकाले तराई मधेसमा दीर्घकालीन अस्थिरताका लागि भरपर्दाे शक्ति निर्माण गर्न सकिने उनीहरुको विश्वास छ । माओवादीको भर्खरै सकिएको सचिवालयको बैठकमा पार्टी नै विघटन गर्ने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले गरिरहेका बेला दाहालसँग अनुमति लिएरै यादवले यस्तो एसेम्बली गठन गरिएको वताइएको छ ।

राजपाको नामबाट हुने गतिविधिले मात्र तराई मधेसलाई अस्थिर राख्ने सामथ्र्य गुमाएपछि नेपालस्थित भारतीय दूतावास नयाँ संयन्त्र निर्माणमा जुटेको थियो । असार २८ गते राती कांग्रेस, माओवादी र राजपाका केही नेताको संयुक्त बैठक लैनचौरस्थित भारतीय दूतावासमा बोलाएर संयन्त्र गठन र अवका कदमबारे छलफल गरेको थियो ।

बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंह, माओवादीका तर्फबाट शहरी विकास मन्त्री रहेका प्रभु साह सहभागि हुनुहुन्थ्यो भने राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अनील झा र शरदसिंह भण्डारी सामेल हुनुहुन्थ्यो । राजपालाई देखाएर अव तराई मधेसको प्रतिनिधित्व दावी गर्न नसकिने भएकाले कांग्रेस, माओवादी र अन्य दलका नेताहरुसमेत रहेको संयन्त्र बनाउनु आवश्यक रहेको बैठकले निश्कर्ष निकालेको थियो । तराईबाट प्रतिनिधित्व गर्ने एमालेका नेतालाई पनि बैठकमा सहभागि गराउने प्रयास गरिए पनि सो प्रयास असफल भएको थियो ।

माओवादी नेता यादवको संयोजकत्वमा यस्तो संयन्त्र निर्माण गरिए पनि त्यसको कोर नेतृत्व कांग्रेस सांसद अमरेशले गर्ने र त्यसमा सकेसम्म सबै दललाई अटाउने समझदारी दूतावासमा उहाँहरुबीच भएको थियो । प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सार्न राजपाले मात्रै नसकेको र त्यसका लागि कांग्रेसका तराईमा सांसद र केन्द्रीय सदस्यहरुले मुख्य भूमिका खेलेको स्मरण गर्दै छलफलमा अवका कदमहरुमा राजपाले ‘स्टेप’ लिन नसकेका विषयमा कांग्रेस र माओवादीको संयन्त्रलाई पनि प्रयोग गर्ने समझदारी भएको थियो ।

उक्त संयन्त्रमा लागि कांग्रेस नेता बिमलेन्द्र निधिको पनि सहभागिता हुने भनिए पनि निधि प्रत्यक्ष रुपमा नभएर अप्रत्यक्ष रुपमा मात्रै सहभागि हुने टुंग्याइएको थियो । असार १४ गते नै तोकिएको प्रदेश नम्बर २ को स्थानीय चुनाव असोजमा पुर्याउन निधिले कांग्रेस संयन्त्रलाई प्रयोग गरेकोप्रति बैठकमा खुसी ब्यक्त गरिएको थियो । असार २८ गते बेलुकी सवा नौ बजे सुरु भएको बैठकमा ‘मधेस आन्दोलन’ उठाउन राजपा एक्लैले नसक्ने भएको भन्दै कांग्रेस सांसद सिंहले संयन्त्र गठनको विषयप्रवेश गराउनु भएको थियो ।

भारतीय दूतावासमा बनेको सोही योजना मुताविक गत शनिवार एसेम्बली गठन गरिएको हो । एसेम्बलीको उद्धेश्य संविधान संशोधन मार्फत एक मधेस प्रदेशको मुद्दालाई फेरि ब्युँताउने र नेपाललाई बहुराष्ट्रिय राज्यका रुपमा मान्यता दिलाउन संयुक्त अभियान चलाउने जनाइएको छ । अभियानमा माओवादी केन्द्रका तर्फबाट मातृका यादव, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका विकास तिवारी, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, नयाँ शक्ति पार्टीका नेता रामकेवल सह, कांग्रेस नेता अमरेशकुमार सिंह प्रत्यक्ष सहभागि हुनुहुन्छ । भेलामा माओवादी नेता तथा सांसद सत्यनारायण भगत, राजपा नेता हृदयश त्रिपाठी, भरतविमल यादव लगथायत सहभागि हुनुहुन्थ्यो । तराई मधेसमा आन्दोलनरत भनिएको राजपाले आन्दोलन विकासको सामथ्र्य गुमाएको भन्दै कांग्रेस र माओवादीको राजनीतिक पहुँचलाई समेत एकमधेस प्रदेश र बहुराष्ट्रिय राज्यको लागि प्रयोग गर्न एसेम्बली गठन गरिएको उहाँहरुले वताउनु भएको छ ।

चक्रपथबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah