हाम्रो छिमेकी देश भारतको राजधानी नयाँ दिल्ली नजिकैका केही इलाकाहरुमा यस्तो समुदाय बस्दछन् जहाँ घरकै मानिसहरुले श्रीमती तथा बुहारीहरुलाई बेच्दछन् । घरका लोग्ने तथा सासु ससुराहरुले नै पैसाको लोभमा आफ्नी पत्नी तथा बुहारीलाई बेश्यावृत्ति गर्न बाध्य पार्दछन् ।

रिपोर्ट अनुसार दिल्लीसँग जोडिएको धरमपुरा लगायतका इलाकामा बस्ने परना नामक समुदायमा सदियौंदेखि यो घृणित परम्परा चल्दै आएको छ । छोरी बुहारीको इज्जत र सम्मान गर्नु र उनीहरु त्यस्तो पेशामा लाग्न लागेको आशंका लागेपनि रोक्नुपर्ने ठाउँमा उल्टै उनीहरुलाई नै नराम्रो काम गर्नका लागि जबरजस्ति गरिन्छ ।

रिसर्च साइट प्यासिफिक डट कमले उक्त समुदायमाथि गरेको अध्ययन अनुसार त्यहाँ पतिले नै आफ्नी पत्नीलाई यौन पेशा गर्न बाध्य पार्दछन् । उनीहरुको इच्छा र चाहनाको कुनै ख्याल नै नगरी आफ्नो मर्जी बिना नै उनीहरु यस्तो पेशा गर्न बाध्य पारिन्छन् तर पत्नीले वेश्यावृत्तिबाट कमाएको पैसा चाहीँ लोग्नेले राख्दछ ।

परिवारको गुजाराका लागि सासु ससुराहरुले पनि बुहारीलाई यौन कर्ममा लगाउँछन् । कतिपय महिलाहरु आफ्नै इच्छा तथा बच्चाको पढाइका लागि खर्च जुटाउन भनेर राजीखुसीले नै वेश्यावृत्तिमा लागेका हुन्छन् । कतिपयलाई चाहीँ परिवारले बाध्य पार्दछ । पत्नीको शरिर बेचेर घररिवारको आर्थिक गुजारा चलाइरहेका हुन्छन् यहाँका पुरुषहरु ।

कतिपय महिलाहरु बिहान सबेरै वेश्यावृत्तिका लागि घरबाट निस्कने र केही ग्राहकसँग ओछ्यान तताएपछि घर फर्किएर घरधन्दा गर्दछन् । घरको काम र पैसा कमाउन वेश्यावृत्ति दुबै उनीहरुले गर्नुपर्दछ ।

हाम्रो देशको वादी समुदायमा विगतमा रहेको यस्तै परम्परा अहिले लगभग हटिसकेको छ । तर दुनियाको आर्थिक महाशक्ति राष्ट्र भारतमा अहिलेपनि यस्तो परम्परा कायमै देखिन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah