झापा – आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले दमकका १० वटै वडाका अध्यक्षहरु टुंगो लगाएको छ । यद्यपी ती नाम भने सार्वजानिक गरिएको छैन् । नेकपा एमालेका जिल्ला स्तरीय नेताका अनुसार दमकका सबै वडाका अध्यक्षका उम्मेद्वार लगभग टुगिएका छन् । औपचारिक घोषणा हुन भने बाकीँ छ । एमालेका तर्फबाट अधिकांश वडा अध्यक्षका उम्मेद्वार दोहोरिएका छन् ।

 

दमक १ मा हरि न्यौपाने, दमक २ मा प्रजापति सापकोटा, दमक ३ का नविन बराल चयन भएका छन्। उनीहरु यस अघिको निर्वाचनमा उम्मेद्वार थिए न्यौपाने ८ मतले पराजित भएका थिए भने अरुले जित हासिल गरेका थिए । यस्तै दमक ४ मा झसराज ढकाल, दमक ५ मा इन्द्रबहादुर गुरुंग, दमक ६ मा टेबहादुर थापा, दमक ७ मा राधाकृष्ण आचार्य, दमक ८ मा दिपेश दाहाल, दमक ९ मा कुवेर भट्टराई र दमक १० मा बोधराज नेउपाने उम्मेद्वारका रुपमा छनौट भएका छन् । एमालेले आइतबार बिहान ११ बजे दमकको गणतन्त्र चौकमा उम्मेद्वार घोषणा सभा गर्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर