टेस्लाका सीईओ एलन मस्कको हालैको ट्वीट चर्चाको विषय बनेको छ ।
मे ९ गते सोमबार बिहान उनले ट्विटमा लेखेका छन्, ‘यदि मेरो रहस्यमय परिस्थितिमा मृत्यु भयो भने म तपाईंहरुलाई भन्न चाहन्छु कि तपाईंहरु सबैलाई चिन्न पाउँदा मलाई खुसी लाग्यो ।’
यो ट्विट अघि मस्कले एउटा पोस्ट सेयर गरेका थिए जुन एउटा बयानको स्क्रिनसट जस्तो देखिन्छ ।
रुसी भाषामा लेखिएको यो स्क्रिनसटमा लेखिएको छ, ‘एलन मस्कले युक्रेनको फासिस्ट शक्तिलाई सैन्य सञ्चार उपकरणहरू आपूर्ति गरिरहेका छन् । एलन मस्क, यसका लागि तपाईको जवाफदेहिता चाहियो, तपाईंले जतिसुकै चलाखीपूर्ण व्यवहार गरेर मानिसहरुलाई मुर्ख बनाउनुहोस् ।’
https://twitter.com/elonmusk/status/1523465632502906880?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1523465632502906880%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F237356%2F2022%2F5%2F9%2Felon-musk-recent-tweet%3Ffbclid%3DIwAR09_uGTNP_LkW640vPWsJshqY5X6fKTNZTdW0Soo90iQmX8ytZo5TudO0Y










