टेस्लाका सीईओ एलन मस्कको हालैको ट्वीट चर्चाको विषय बनेको छ ।

मे ९ गते सोमबार बिहान उनले ट्विटमा लेखेका छन्, ‘यदि मेरो रहस्यमय परिस्थितिमा मृत्यु भयो भने म तपाईंहरुलाई भन्न चाहन्छु कि तपाईंहरु सबैलाई चिन्न पाउँदा मलाई खुसी लाग्यो ।’

यो ट्विट अघि मस्कले एउटा पोस्ट सेयर गरेका थिए जुन एउटा बयानको स्क्रिनसट जस्तो देखिन्छ ।

रुसी भाषामा लेखिएको यो स्क्रिनसटमा लेखिएको छ, ‘एलन मस्कले युक्रेनको फासिस्ट शक्तिलाई सैन्य सञ्चार उपकरणहरू आपूर्ति गरिरहेका छन् । एलन मस्क, यसका लागि तपाईको जवाफदेहिता चाहियो, तपाईंले जतिसुकै चलाखीपूर्ण व्यवहार गरेर मानिसहरुलाई मुर्ख बनाउनुहोस् ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय