केबि महरा/कैलाली : जिल्लाको चुरे गाउँपालिका वडा नं.०६ जनता आधारभुत बिधालय शान्तिनगर मतदान केन्द्रमा क) र ख) गरि जम्मा २ मतदान केन्द्र तोकिएको मतदान अधिकृत ललित बहादुर मालिले सवाल नेपाल लाई जानकारी दिनु भएको छ।

मतदान केन्द्र (क) को मतदान अधिकृतमा ललित बहादुर माली तथा (ख) मा मतदान अधिकृत तिर्थराज जोशी खटिनु भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस मतदानकेन्द्रमा अहिले दिउँसो ३:०० बजेको समयमा ७८६ मत खसी सकेको छ ।

जस अन्तर्गत मतदान केन्द्र क) मा महिला १८५ र पुरुष २०२, त्यसैगरी केन्द्र ख अन्तर्गत महिला १९० तथा पुरुष २०९गरि जम्मा ७८६ मत खसेको मतदान अधिकृत ललित बहादुर मालीले जानकारी गराउनु भएको छ ।