मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् ।
उनले १ सय ५८ मत ल्याएर निर्वाचित भएका हुन् । औपचारिक घोषणा हुन बाँकी नै छ ।
उनका प्रतिद्वन्द्वी स्वतन्त्रका कृष्णबहादुर लामाले १ सय ११ मत ल्याएका छन् ।
कोन्जो तेन्जिङ लामा यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध भएका थिए ।
पछि कांग्रेस प्रवेश गरेका उनलाई स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेसले अध्यक्षमा चुनाव लड्न टिकट दिएका थिए ।
यसअघि उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भएका चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत अर्थात ६७ दशमलब ८५ प्रतिशत मत खसेको थियो ।