काठमाडौं जिल्लाका १० नगरपालिका मध्ये ७ वटामा मतगणना शुरू भएको छ । प्रारम्भिक मतगणनामा कांग्रेसले धेरै ठाउँमा लीड गरेको छ ।

शुरू भएकामध्ये ४ नगरपालिकामा कांग्रेस, ३ नगरपालिकामा एमाले र १ नगरपालिकामा राप्रपाले अग्रता लिएका छन् ।

किर्तिपुरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी ४२७ मतसहित अग्रस्थानमा छन् । एमालेका केशवरत्न बज्राचार्यले २ सय ८० मत प्राप्त गरेका छन् ।

कागेश्वरी मनोहरामा कांग्रेसका उपेन्द्र कार्की १५३ मतसहित अग्रस्थानमा छन् भने एमालेका रामशरण ढुंगाना १४१ मतसहित दोस्रो स्थानमा छन् ।

गोकर्णेश्वरमा एमालेका उद्धव विष्ट ७५२ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका दिलिप रिसालले ६८३ मत प्राप्त गरेका छन् ।

टोखा नगरपालिकामा एमालेका प्रकाश अधिकारी ९९ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसकी रजनी थापाले ६५ र माओवादीका शेखर श्रेष्ठले १३ मत पाएका छन् ।

तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णहरि महर्जन २६५ मतसहित पहिलो र एमालेका रामेश्वर बोहरा १५० मतसहित दोस्रो स्थानमा छन् ।

बूढानीलकण्ठमा एमालेका मीठाराम अधिकारी ७७८ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका विनोद चालिसे ४२८ मतसहित दोस्रो स्थानमा छन् ।

शंखरापुरमा राप्रपाका रमेश नापित १७५ मतसहित अगाडि छन् भने १७१ मतसहित कांग्रेसका कृष्णलाल बजगाईं दोस्रो स्थानमा छन् । नेकपा एसका लक्ष्मीप्रसाद श्रेष्ठले १४८ मत प्राप्त गरेका छन् ।

चन्द्रागिरीमा नेपाली कांग्रेसका घनश्याम गिरीले १८२ र एमालेका उत्तम राउतले ५१५ मत प्राप्त गरेका छन् । दक्षिणकाली र नागार्जुन नगरपालिकामा मतगणना शुरू भएको छैन । लोकान्तर बाट

प्रतिक्रिया

सम्बन्धित खवर