राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर भएको छ- न योग्यता, न पढाई, न सीप, न तालीम, न ठाउँठाउँ सरूवा, न उमेरको हद, न रिटायरमेन्ट, आजीवन आर्यघाटको यात्रा नहुन्जेल ढुक्कको जागीर !
एक कार्यकालमा, सांसद बने रू ३० करोड, प्रदेश सांसद बने १५ करोड, मेयर बने ५ करोड, गापा अध्यक्ष बने ३ करोड, वडाध्यक्ष बने १ करोड खल्तिबाट खेलाउन पाईन्छ। त्यसबाहेक तलब, भत्ता, अन्य सुविधा छदैछ।
अतिरिक्त, आफ्नो निकायका करोडौ अनुदान, कर, राजश्वको वर्षेनि बजेटको मालिक बनेर मान्छेलाई पछिपछि पुच्छर बनाएर हिडाउन, दुर्लभ बजेट र योजनाको काफल बॉड्न, विगत चुनाव र आगामी चुनाव खर्चको समायोजन गर्न पाईन्छ। यत्रो घॉटीसम्म डुब्ने बजेटबाट सहर गाउँभरिका एक एक मतदाता किन्दै बाचुन्जेल सदा अपराजय हुन पाईन्छ। अब फेरि अर्को कार्यकालका लागि बिकासको मूल फुट्दैछ, ३८ हजार जनप्रतिनिधि ज्यानफालेर देश सुखि समृद्ध बनाउन लागिपरेका छन्! पहिलो कार्यकालमा हजारौँ, भ्यूटावर, दशौँ हजार प्रवेश द्वार, सयौँ खेल मैदान बनाईसकेका छन्। स्कूल अस्पताल, रोजगारी बनाउन कहॉ पैसो थियो र विचराहरूलाई अनि बनाउन्!
अब पनि पहिलो कार्यकालमा झैँ चुपचाप आलोचना बिरोध नगरी तिनका अर्को ५ वर्षे कार्यकालसम्म पर्खौं, कचकच गरेर संघीयतालाई त्यसरी धरापमा नपारौँ, किनभने संघीयता हाम्रो प्राण हो, नत्र ठहरै परिन्छ। हामी बॉचेका, टिकेकै संघीयताका लागि हो। संघीयतामा नेताहरूको नौटंकीले सबै काम आफसे आप छुमन्तर हुनेछ। तिनलाई केही पनि नभनी, गालीसाली आलोचना बिरोध नगरी जेजे गर्न मन छ, छाडा गर्न दिऔं। संघीयताको रफ्तारमा कुद्ने गाडीलाई रोक्न सक्ने कुनै ब्रेक नै राखिएको छैन।
त्यतिन्जेल मुलुकमा बस्न कुनै काम नभए बरू कतै बिदेशतिर काजमा वा तिर्थ जान मिले गए भईगयो, अर्को ५ वर्ष पछि फर्कदा यो मुलुक चिन्नै नसक्ने भईजो हाल्ला। लेखक:- भिम उपाध्याय ( पुर्व सचिव)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah