गत असार २ गते व्यास-११ सेरा स्थित बुल्दी खोलाले बगाउदा बालिकाको पाठेघरमा काठको टुक्रा अड्किन पुगेको थियो । खोलाबाट उद्धार गरिएकी बालिकालाई दमौलीमा उपचारका गरिएको भएपनि स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि पोखरा स्थित फिस्टेल हस्पिटलमा लगिएको छ ।

फिस्टेल हस्पिटलमा लगिए पछि बालिकाको पाठेघरमा काठको टुक्रा अड्किएको चिकित्सकहरुले पत्ता लगाएका थिए । बालिकाको अहिले फिस्टेल हस्पिटलमा उपचार भईरहेको छ ।

चिकित्सकहरुले बालिकाको पाठेघरबाट अड्किएको काठको टुक्रा झिक्न अप्रेसन गर्नुपर्ने बताएका छन् । तर बालिकाको अप्रेसनका लागि आवश्यक पर्ने रकम नहुँदा बालिकाका परिवारजन चिन्तित बनेका छन् ।

छोरीको उपचारका लागि सहयोग पुरयाई दिनका लागि बालिकाका परिवारजन र स्थानीयले सबै संग अपिल गरेका छन् । बालिकाकी आमा छनुमाया थापा मगरले छोरीको उपचारमा सहयोग गरिदिन सबैसंग अपिल गरेकी छन् ।

त्यस्तै स्थानीय शान्ति दुराले समेत बालिकाको उपचारमा सहयोगका लागि सबै संग अपिल गरेकी छन् । बालिकाको उपचारमा सहयोग पुरयाई दिएमा बालिकाले नयाँ जीवन पाउने दुराले बताइन् । बालिका व्यास-११ सेरा स्थित बसन्त आधारभुत विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत छिन ।

उनको उपचारका लागी सहयोग गर्न बालिकाको आमा छुनुमाया मगरलाई ९८१७१८३१०८ मा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय