काठमाडौं १९ असार । नेपालमा पहिलो पटक ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा.राजीव श्रेष्ठले अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको हो ।

दक्षिण अफ्रिकामा उत्पत्ति भएको बीए फोर र बीए फाइभ उपप्रजातिहरूले युरोप, अमेरिका, जमनी लगायतका देशमा बढी संक्रमण फैलिसकेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताए अनुसार भेरियन्टभन्दा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ छिटो फैलिनेछ ।

तथापी , ‘बीए फाइभ’ उपप्रजातिको कारण मानिस कति जोखिममा पर्छन् भन्नेबारे पत्ता लागिसकेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर