अस्ट्रेलियाको न्यू साउथ बेल्समा गएको बाढीका कारण घरहरु डुबानमा परेको सिड्नी हेरल्ड मर्निङले जनाएको छ। ८५ हजार भन्दा बढीलाई स्थानान्तरण गर्ने निर्देशन र सूचना जारी भएको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलबानिजले बाढी पीडितहरुलाई सरकारको तर्फबाट सहयोगको घोषणा गरेका छन्। उनले तत्कालका लागि पीडितहरुलाई १००० अमेरिकी डलर राहत दिने बताएका छन्। बालबालिकालाई भने ४०० अमेरिकी डलर दिइनेछ। राहत रकम बिहीवारबाट प्रदान गरिनेछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले बाढीका घटना कम गर्न सरकारले दीर्घकालिन योजना बनाउने तयारी गरिरहेको पनि बताएका छन्। ड्यामको पर्खालको उचाइ बढाउनेदेखि अन्य विकल्पका बारेमा छलफल भइरहेको उनले बताए।

बाढी गएको स्थानमा उद्धार कार्य जारी छ। संघीय सरकारले थप १५० डिफेन्स फोर्सलाई बाढी प्रभावित क्षेत्रमा पठाएको छ। यस्तै, बिहीवारबाट थप दुई सय ‘एडीएफ’ परिचालन गरिनेछ। रात्रिकालीन उद्धारकार्यका लागि हाल दुईवटा हेलिकप्टर प्रयोग भएकोमा थप एक हेलिकप्टरलाई प्रयोगमा ल्याइने प्रधानमन्त्री अलबानिजले बताएका छन्।