श्रीलंकामा आर्थिक संकटलाई लिएर जारी विरोध प्रदर्शनबीच आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका छन्।

राजापाक्षे राष्ट्रपति भवनबाट भागेका छन्। राजापाक्ष कहाँ छन् भन्नेबारे कसैलाई जानकारी छैन। उनी श्रीलंकामा छन् वा देश छाडेर गएका छन् भन्ने खुलाइएको छैन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैबीच प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्। यहाँ आन्दोलनकारीले उनको निजी घरमा आगजनी गरेका छन्।

यहाँ, विशेष कार्यदलले प्रदर्शनकारीमाथि आक्रमण गरेको छ। आक्रमणमा ६ पत्रकारसहित ६४ जना घाइते भएका छन्। सबैलाई कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ।

राजीनामा दिनुअघि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका थिए। जसमा सभामुख महिन्दा याप्पा अभयवर्धनेलाई अन्तरिम राष्ट्रपति बनाउने प्रस्ताव राखेका थिए।

श्रीलंकाको संविधानअनुसार राष्ट्रपतिले राजीनामा दिएमा सभामुख एक महिनाका लागि अन्तरिम राष्ट्रपति बन्न सक्नेछन्।