काठमाडौं :

अनुहारलाई कसरी सुन्दर बनाउन सकिन्छ भन्ने कुरामा महिलाहरु सधै अग्रसर हुन्छन् । सुन्दरताको लागी महिलाहरुले आधुनिक तरिका पनि अपनाउने गर्छन् । तर घरेलु उपाए अपनाएको खण्डमा पनि छालालाई सुन्दर बनाउन सकिन्छ भन्ने कुराको ज्ञान कमै महिलाहरुलाई हुने गर्दछ ।

छालालाई गोरो र चम्किलो बनाउनको लागी कागती र महको प्रयोग गर्न सकिन्छ । अनुहार तथा शरीररको कुनै पनि भागमा कागती र महको लेप लगाएको खण्डमा यसले छालालाई कोमल बनाउने काम गर्दछ । यसले शरीरको छालामा रहेको मृत कोषिकालाई निर्मूल पार्ने काम गर्दछ ।

अनुहारको चमक बढाउन चन्दनको लेपको पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गरेको खण्डमा छालामा रहेको छिद्रहरू कम गर्नुका साथै दाग–धब्बा हटाउन पनि सहयोग गर्छ । यसको प्रयोग नियमित गरेको खण्डमा अनुहारमा हुने चिल्लोपना कम गर्ने, फुस्रो कम गर्ने र अनुहारमा दानाहरू पनि आउन दिँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय