भारतमा कोरोना संक्रमण पछिल्लो समय दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घन्टामा त्यहाँ २१ हजार ८८० कोभिड संक्रमित थपिएका छन् । यो सँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोभिडबाट ६० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना कोभिडका सक्रिय संक्रमित छन् । कुल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोभिड निको दर ९८ दशमलब ४६ प्रतिशत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय