अन्तराष्ट्रिय

अस्ट्रेलियामा साउदी दिदीबहिनीको मृत्यु, २ महिनापछि पनि कुनै सुराग छैन, अब एफबीआईले सहयोग गर्ने


  सुनसरी   सवाल नेपाल   २०७९ श्रावण १४, शनिबार १२:०४

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा दुई साउदी अरेबियाकी युवतीको हत्या प्रहरीका लागि पनि रहस्यमय सावित भएको छ । झण्डै दुई महिना बितिसक्दा पनि प्रहरीले हत्या वा आत्महत्या हो भन्ने पत्ता लगाउन सकेको छैन । मिडिया रिपोर्टका अनुसार अष्ट्रेलिया प्रहरीले अब यस केसको अनुसन्धानमा अमेरिकी गुप्तचर एजेन्सी एफबीआईको सहयोग लिने भएको छ ।

आसरा अब्दुल्लाह (२३) र उनकी दिबी अलसेहिली अब्दुल्ला (२४) को शव जुन महिनाको सुरुमा आफ्नो अपार्टमेन्टको सुत्ने कोठामा भेटिएको थियो। दुवै दिदीबहिनी सन् २०१७ मा साउदी अरबबाट भागेर अष्ट्रेलिया आएका थिए । ‘न्यूयोर्क टाइम्स’का अनुसार जुनको पहिलो साता सिड्नीस्थित उनीहरुको अपार्टमेन्टमा दुवै दिदीबहिनीको शव भेटिएको थियो । अहिलेसम्मको अनुसन्धान अनुसार शवको अवस्था र पोस्टमार्टम रिपोर्टले दुवैको मृत्यु मे महिनामा भएको हुन सक्ने देखिन्छ ।

दुवैको शरीरमा चोटपटकको कुनै निशान थिएन । प्रहरीले घरको नजिकबाट जाँच गर्दा त्यहाँ बाहिरका मानिस आएको जस्तो लाग्ने कुनै कुरा भेटिएन । प्रहरीले लामो समय र धेरै पटक वरपरका मानिसहरूसँग सोधपुछ पनि गर्‍यो। यसमा पनि कुनै संकेत थिएन। दुवै युवती सन् २०१७ देखि सिड्नीको एउटै अपार्टमेन्टमा बस्दै आएका थिए । छिमेकीले पनि खास केही भन्न सकेनन् ।

सिड्नी प्रहरीले युवतीहरूको घरमालिकले भाडालका लागि फोन गरेको बताएको छ। पटकपटक फोन गर्दा पनि रिसिभ नभएपछि उनले प्रहरीलाई फोन गरे । प्रहरी पुगेपछि दुवै दिदीबहिनीको शव दुई फरक कोठामा फेला परेको थियो । अष्ट्रेलियामा यी दुई युवतीको चिनजान वा परिवारको कोही सदस्य छैनन् ।

अप्रिलको पहिलो साता प्रहरीले कल्याणकारी कार्यक्रमअन्तर्गत उनीहरूलाई भेटेको थियो । त्यतिबेला दुबै जना ठिक थिए । त्यसपछि जून ७ मा उनीहरुको शव भेटिएको थियो । जुन १० मा पोस्टमार्टम गरिएको थियो। अब अमेरिकी एजेन्सी अनुसन्धानमा सामेल भएको छ।

दुवै दिदीबहिनी विरलै बाहिर निस्कने र छिमेकीसँग कम कुरा गर्ने गरेकोले वरपरका मानिसहरू अलमलमा परेका छन् । स्पेशल सेलका प्रहरी अधिकृत क्लाउडिया इल्क्राफ्टले भनिन्–हामी जनतालाई अपिल गर्दछौं कि यदि उनीहरूसँग यस केससँग सम्बन्धित कुनै जानकारी छ भने कृपया हामीलाई भन्नुहोस्। यो एकदमै जटिल मामला हो। मृत्युको कारण के हो भन्ने पनि खुल्न सकेको छैन । उनीहरूको जीवन जति रहस्यमय थियो, त्यति नै उनीहरूको मृत्यु पनि थियो । उनीहरू अस्ट्रेलियामा स्थायी बसोबास चाहन्थे ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार