नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीबीच भेटवार्ता भएको छ । बुधबार अपरान्ह अध्यक्ष ओली निवास भक्तपुरको बालकोटमा उनीहरुबीच भेटवार्ता भएको हो ।

राजदूत पूरी भारतको ७० औं स्वतन्त्रा दिवसको अवसरमा काठमाडौस्थित भारतीय दूतावासमा हुने समारोहको विशेष अतिथिको निम्तो दिन ओली निवास पुगेका थिए ।

भेटवार्तामा उनीहरुबीच नेपाल र भारतबीचको पछिल्लो सम्बन्ध,स्थानीय तहको मतपरिणाम र एमालेको सफलता लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

राजदूत पूरीले एमाले पहिलो पार्टी भएकोमा बधाई समेत दिँदै समारोहमा विशेष अतिथि भैदिन आग्रह गरेका थिए ।

उनले उक्त समारोहमा भारतीय विदेशमन्त्री शुष्मा स्वराजको पनि उपस्थिति रहने र स्वराजले अध्यक्ष ओली कार्यक्रममा सहभागी भैदिए राम्रो हुने इच्छा व्यक्त गरेकोले विशेष अतिथि भैदिन विशेष आग्रह गरेको बताइएको छ ।

नाकाबन्दीपछि ओली काठमाडौंस्थित भारतीय दूतावासको कार्यक्रमहरुमा सहभागी हुन छाडेका थिए । यो पटक के गर्छन्, त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah