काठमाडौं । बेलायतका प्रधान लिज ट्रसले पदबाट राजीनामा दिएका छन् ।

पदमा नियुक्त भएको ४५ दिनमै उनले राजीनामा दिएका हुन् ।

बिहीवार सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताए । उनको स्थानमा ऋषि सुनाक प्रधानमन्त्री नियुक्त हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

४५ दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बनेका छन् । उनीपछि छोटो समय प्रधानमन्त्री कायम रहेका व्यक्ति जोर्ज क्यानिङ हुन् जस्को सन् १८२७ मा निधन हुँदा उनी ११९ दिन पदमा बहाल रहेका थिए ।

विवाद बढ्दै गएपछि बेलायतस्थित कन्जर्भेटिभ पार्टीका सांसदले उनलाई राजीनामा दबाब दिएका थिए । पछिल्लो पटक सांसद शेरिल मरेले सार्वजनिक रूपमा प्रधानमन्त्री लिज ट्रसको राजीनामा मागेका थिए ।

शेरिल मरे लिज ट्रसको राजीनामा माग्ने समूहमा मिसिने पछिल्लो सांसद थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय