काठमाडाैं : दक्षिणपूर्वी अफ्रिकी मुलुक मलावीमा हैजा महामारीका कारण १८३ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो सात महिनामा ६ हजार ५६ जना हैजा संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अक्टोबर महिनाको शुरूमा हैजाका कारण ११० जनाले ज्यान गुमाएका थिए। तर, अक्टोबरको अन्त्यसम्म हैजाका कारण ज्यान गुमाउनेको संख्या १८३ को छ। मलावीका २७ मध्ये २२ वटा जिल्लामा हैजाको महामारी फैलिएको छ।

मलावीमा गत मार्चमा हैजा महामारी घोषणा गरिएको थियो। दूषित खाना र पानीका कारण झाडापखाला र हैजा फैलिएको मलावीका स्वास्थ्यमन्त्री खुम्बिज चिपोन्डाले बताए।

हैजाले थलिएका कतिपय मानिस रूढीवादी धार्मिक सोचका कारण उपचार गराउन नगएको र अधिकांश मानिस अन्तिम समयमा मात्र अस्पताल पुगेको उनको भनाइ छ।

स्वास्थ्यमन्त्री चिपोन्डाले मानिसहरूलाई समयमै उचित स्वास्थ्य सेवा लिनका लागि जागरूक बनाउन धार्मिक संघ(संस्थाहरूलाई अपिलसमेत गरेका छन्। हैजा लाग्दा झाडापखाला, तिर्खा लाग्ने, बान्ता हुने, खुट्टा दुख्ने, छटपटी हुनेजस्ता लक्षण देखा पर्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah