उत्तर कोरियाका शासक किम जोङ उनले पहिलोपटक आफ्नो छोरी सार्वजनिक गरेका छन्। ‍सैन्य सामाग्री अवलोकनका लागि उनले छोरीलाईसँगै लिएर गएको तस्विर सार्वजनिक भएको हो।

शुक्रबार उत्तर कोरियाले पोङयाङ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरमहादेश मार हान्ने क्षमताको शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्षेप्यास्त्र अवलोकनका लागि छोरी सहित पुगेका किम जोङ उन। तस्विर : रोयटर्स

क्षेप्यास्त्र परीक्षण गर्नुअघि उनी छोरी सहित त्यहाँ उपस्थित भएको सिएनएनले उल्लेख गरेको छ। किमको व्यक्तिगत जीवनबारे धेरै कम सुचना सार्वजनिक भएका छन्।

क्षेप्यास्त्र परिक्षणको तयारी सकेपछि छोरीसँग फर्किँदै किम जोङ उन। तस्विर : रोयटर्स

सन् २०१३ मा द गार्डियनले किमकी श्रीमतिसँग कुरा गरेको थियो। त्यसमा कीम असल पिता रहेको उल्लेख थियो। उत्तर कोरियाको राष्ट्रिय खुफिया सेवाका अनुसार किमका तीन सन्तान छन्।

उत्तर कोरियाली परिक्षण गरेको क्षेप्यास्त्र शुक्रबार जापानको सीमा क्षेत्रमा खसेको थियो। उत्तर कोरियाको क्षेप्यास्त्र परिक्षणको चौतर्फी आलोचना भइरहेको छ। २१ राष्ट्र सदस्य रहेको एशिया प्यासिफिक आर्थिक साझेदारी शिखर सम्मेलनमा शुक्रबार यसको कडा भर्त्सना भएको थियो। शुक्रबार बैंककमा अमेरिका, क्यानेडा, जापान, न्युजिल्याण्ड र क्यानेडाका प्रतिनिधिबीच आकस्मिक बैठक भएको थियो। त्यस बैठकमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले उत्तर कोरियाली एशिया-प्यासिफिक क्षेत्रमा शान्ति विथोल्नका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का कतिपय संकल्प समेत उल्लंघन गरी क्षेप्यास्त्र परिक्षण गरेको टिप्पणी गरेकी थिइन्।