चीनका राष्ट्रपति सी जिनपिङले एसियामा शीतयुद्धको तनावविरुद्ध चेतावनी दिँदै यस क्षेत्रमा बढ्दो टकरावलाई अस्वीकार गर्नुपर्नेमा जोड दिएका छन् । बैंककमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनअघि उनले यस्तो बताएका हुन् ।

सीले बैंककमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) नेताहरूको शिखर सम्मेलनको शुरुवातअ घि जारी गरेको लिखित भाषणमा चीनलाई क्षेत्रीय एकताको चालकको रूपमा हेर्ने इच्छा व्यक्त गरेका छन् ।

सीको भनाइ अमेरिकाको बढ्दो जबरजस्ती आर्थिक र सैन्य प्रभावप्रति लक्षित थियो । ‘एसिया–प्रशान्त क्षेत्र कसैको आँगन होइन र यो ठूलो शक्ति प्रतिस्पर्धाको लागि मैदान बन्नु हुँदैन’, सीले भने । उनले आर्थिक र व्यापार सम्बन्धलाई राजनीतिकरण र हतियार बनाउने कुनै पनि प्रयासको निन्दा गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय