कास्की । कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना शुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा आज (सोमबार) बिहान २ बजेदेखि मतगणना शुरु गरिएको हो ।

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले अग्रता लिएका छन् । बिहान २ बजेदेखि शुरु भएको मतगणमा कँडेललाई एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् । वडा नम्बर १५ को कोलपाटन बुथको ५४० मत गनिसक्दा कँडेलले १६२ मत पाएका छन् भने विद्याले १२२ मत पाएकी छन् । यस्तै पाँच दलीय गठबन्धनका श्रीनाथ बरालले भने हालसम्म ११० मत पाएका छन् ।

प्रदेशसभातर्फ भने राप्रपका विजयबहादुर भण्डारीले १ सय ९८ मत पाउँदा नेकपा एमालेका भीम कार्कीले १ सय ४५ मत पाएका छन् । यस्तै गठबन्धनका विश्वप्रकाश लामिछानेले १ सय ६ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय