हाम्रो भान्सामा पाइने अधिकांश खानेकुरा स्वास्थ्यका लागि निकै लाभदायक हुनेगर्छन्। हामीले स्वाद बढाउनका लागि भन्दै प्रयोग गरिरहेका खानेकुराले स्वास्थ्यमा निकै फाइदा पुर्‍याइरहेका हुन्छन्। यस्तै मध्ये एक हो धनियाको पात। धनियाको पातको सेवनले स्वास्थ्यमा थुप्रै फाइदा पुगिरहेको हुन्छ। यसको सेवनले कोलेस्ट्रोल नियन्त्रणमा समेत सहयोग पुगिरहेको हुन्छ।

धनियाको पातले खानाको स्वाद बढाउनुका साथै थुप्रै रोगको जोखिमबाटसमेत बचाउछ। मुटु रोगदेखि मधुमेहका बिरामीसम्मका लागि यो फाइदाजनक हुन्छ। यसले पाचनप्रणालीलाईसमेत बलियो राख्छ।

स्वास्थ्य विशेषज्ञले जुनसुकै उमेर समूहका मानिसका लागि पनि यो लाभदायक हुने बताएका छन्। जनावर र टेस्ट ट्युव अध्ययनले धनियाको सेवनले कोलेस्ट्रोलको जोखिम कम गर्ने र मुटुलाई स्वस्थ राख्ने देखाएको थियो। धनियाको पातले अनावश्यक कोलेस्ट्रोलको लेवललाई नियन्त्रण गर्छ। उच्च रक्तचाप भएका मानिसका लागि पनि धनियाको सेवन फाइदाजनक हुन्छ।

नेपाल समय
धनियाको सेवन ब्लड सुगरको लेवललाई कम गर्न पनि उपयोगी हुन्छ। धनियाको पात, वीउ र काण्डमा पाइने तत्वले मधुमेह विकसित हुने जोखिम पनि कम हुन्छ।

धनियामा थुप्रै एन्टीअक्सिडेन्ट हुन्छ। जो शरीरलाई फ्रि रेडियकल्सबाट हुने हानिबाट जोगाउँछ। धनियाको पात वा विउको सेवनले शरीर सुन्निने समस्यासमेत नियन्त्रण हुन्छ। अध्ययनका अनुसार यसमा क्वेरसेटिन र फोकोफेरोल्स जस्ता तत्व पाइन्छन्। जसमा एन्टीक्यान्सर प्रतिरक्षा बढाउने तत्व पाइन्छन्।

पाचनप्रणाली सम्बन्धि समस्याबाट जोगाउन पनि हरियो धनियाले महत्वपूर्ण भूमिका खेल्छ। आठ हप्तासम्म गरिएको अध्ययनले नियमित दिनमा तीन पटक धनियाको सेवन गर्दा शरीर सुन्निने समस्याको जोखिम कम हुने पाइएको थियो। अमर उजालाबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah