विश्वकप फुटबलको आयोजक कतारले आफ्नो एक रङ्गशाला केही दिनमा नै भत्काउने तयारी गरेको छ। कतार विश्वकपका लागि तयार गरिएको अस्थायी रंगशालाका रूपमा रहेको स्टेडियम ९७४ भत्काउन लागिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

विश्वकपकै लागि मात्र निर्माण गरिएको स्टेडियम ९७४ पूर्ण रूपमा भत्काइने जनाइएको छ। नामका कारण चर्चामा रहेको स्टेडियम ९७४ मा विश्वकपका ७ खेलहरू आयोजना भएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो रङ्गशालामा अन्तिम खेलका रूपमा सोमबार राति ब्राजिल र दक्षिण कोरियाबीच प्रि-क्वाटरफाइनलको खेल भएको थियो। जहाँ ब्राजिलले ४-१ प्रभावशाली जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गर्‍याे।

स्टेडियम ९७४ करिब ४० हजार दर्शक क्षमताको रहेको थियो। यो रङ्गशालामा खेर गएका स्टिल ९७४ वटा सिपिङ कन्टेनर प्रयोग गरेर बनाएका कारण यसको नाम नै ९७४ स्टेडियम राखिएको थियो।

साथै, कतारको कन्ट्री कोड समेत ९७४ हो, सोहीअनुसार यसको प्रयोग गरिएको थियो। यो अस्थायी रङ्गशाला भएकाले पूर्ण रूपमा भत्काइने जनाइएको छ।