ब्रेकअप भएको केही दिनपछि दिल्लीका एक पुरुषले पूर्वप्रेमिकालाई छुरा प्रहार गरेका छन् । एक २१ वर्षीया महिलालाई सोमबार उत्तर दिल्लीमा उनका पूर्वप्रेमीले शरिरका विभिन्न स्थानमा छुरा प्रहार गरेका दिल्ली प्रहरीले जनाएको छ ।

ती महिलाको राष्ट्रिय राजधानीको जगजीवन राम अस्पतालमा उपचार भइरहेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । दिल्ली विश्वविद्यालयकी छात्रा समेत रहेकी पूर्वप्रेमिकले झगडा गरेर बोलचाल बन्द गरेपछि २२ वर्षीय सुखविन्दर आक्रोशित भएका थिए । उनीहरु पाँच वर्षदेखि सम्बन्धमा थिए ।

उनले ती महिलालाई सोमबार दिउँसो दिल्लीको आदर्श नगरमा उनको घर नजिक बोलाएर छुरा प्रहार गरेको अधिकारीहरूले बताए । उक्त घटना सीसीटीभी क्यामेरामा कैद भएको थियो ।

भिडियोमा ती जोडी आवासीय क्षेत्रको लेनमा हिँडिरहेको र एकअर्कासँग कुरा गरिरहेको देखाइएको छ । छोटो कुराकानीपछि, सुखविन्दरले युवतीलाई धेरै पटक छुरा प्रहार गरेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय