टर्किमा हिजो गएको भुकम्प र त्यसपछि आएका पराकम्पन बाट मृत्यु हुनेको संख्या ४००० नाघेको खबर प्राप्त भएको छ। टर्किका राष्ट्रपति रिसेप तायिप एर्डोगनले सात दिनको राष्ट्रिय शोक घोषणा गरेका छन साथै उनले संयुक्त राष्ट्रसंघ सँग यो बिपत्तिको सामना गर्न सहयोग समेत मागेका छन।

टर्किका बिपद तथा आपतकालीन व्यवस्थापन प्रमुख युनुस सिजरका अनुसार २,९२१ जनाको मृत्युु भैसकेको छ र १५,८३४ जना भन्दा बढी घाइते भएको जनाएका छन भने स्वास्थ्य मन्त्रालय तथा व्ह्वाइट हेल्मेट्स रेस्क्यु अर्गनाइजेसनका अनुसार सोमबार बेलुकासम्म १३०० जनाको मृत्यु भैसकेको जनाएका छन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मुटु कमाउने जाडो र हिमपात तथा भत्किएका घरहरूले बाटो छेकेका कारण उद्धारमा असहजता पैदा भएको छ।