इन्डोनेसियाको पपुवा क्षेत्रमा फिलिप मर्टेन्स नामका न्युजिल्यान्डका एक पाइलट अपहरित भएका छन। बिमानमा आगो लागेर पपुवा क्षेत्रको एक पहाडमा आकस्मिक अवतरण गरेका उनलाई त्यहीँबाट अपहरण गरिएको हो।

इन्डोनेसियाली सरकारले आतंकबादी घोषणा गरेको पपुवामा सक्रिय नेशनल लिबरेसन आर्मीले अपहरणको जिम्मेवारी लिएको छ। पश्चिम पपुवा संयुक्त राष्ट्रसंघको निगरानीमा भएको विवादित मतदान पछि इन्डोनेसियामा समावेश गरिएको थियो भने सोही भुमिको स्वतन्त्रताको निम्ति लिबरेसन आर्मी इन्डोनेसियाली सेना सँग लडाइँमा छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यदि पश्चिम पपुवाको स्वतन्त्रताको लागि वार्ता असफल भएमा पाइलटको हत्या गर्ने धम्की लिबरेसन आर्मीका प्रवक्ताले दिएका छन।