नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।

शुक्रबार अमेरिकी डलरको भाउसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।

बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८७ पैसा थियो। यो मूल्य अघिल्लो दिनको १९ पैसा घटेको हो।

युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ र बिक्रीमा १४० रूपैयाँ ६३ पैसा पाइन्छ।

बिहीबार युरो एकको खरिदमा भने १४० रुपैयाँ ६३ पैसा र बिक्रीमा १४१ रुपैयाँ २७ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ६४ पैसा घटेको हो।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ १३ पैसा र बिक्रीमा ९० रूपैयाँ ५४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १० पैसा घटेको हो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रूपैयाँ ९८ पैसा र बिक्रीदर १५९ रूपैयाँ ७० पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ६३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २० पैसा र बिक्रीदर ३५ रूपैयाँ ३६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ७९ पैसा र बिक्रीमा २९ रूपैयाँ ९२ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ४२ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ९८ पैसा तोकिएको छ।

सेतोपाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय