इण्डियन आयल कर्पोरेशन (आईओसी) ले तोकेको नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासको मूल्य ३३९ रुपैयाँ प्रतिलिसिन्डर बढेर आएको छ भने खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको छ तर निगमले १८ सय रुपैयाँमा एलपीजी ग्यास बिक्री गर्दै आइरहेको छ ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.२१ रुपैयाँ घटेको छ त्यसैगरी डिजेलको मूल्य प्रतिलिटर ५.०५ रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य ७ रुपैयाँ प्रतिलिटर र मट्टितेलको मूल्य प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ ।
एलपीजी ग्यासमा मात्रै १५ दिनमा ९३ करोड रुपैयाँ घाटा हुने र उक्त घाटालाई अन्य पेट्रोलियम पदार्थको मूल्यले समायोजन गर्दा १५ दिनमा ४० करोड नाफा हुने निगमले जनाएको छ ।
समाचार स्रोत ; रातोपाटी